काबुल: अफगानिस्तानको राजधानी काबुलमा बिहीबार दिउँसो भएको शक्तिशाली आत्मघाती आक्रमणमा कम्तिमा ४० जना प्रहरी मारिएका छन् ।
शुरुवाती खबरका अनुसार राजधानी काबुलमा अफगान पुलिसको गाडीमा आत्मघाती आक्रमण भएको हो । अफगान अधिकारीलाई उधृत गर्दै आएको समाचार अनुसार तालिबानले यो आक्रमणको जिम्मेवारी लिएको छ । अधिकारीहरुका अनुसार काबुलको काला ए हैदर खान गाउँमा एक कम्पनीको एरियामा तालिबानले आत्मघाती आक्रमण गरेका हुन् ।
यो गाडीमा हालै मात्र तालिम सकेका पुलिसका अधिकृत सवार थिए । उनीहरु बरदाकबाट काबुल गइरहेका बेला आक्रमण भएको हो । दुईजना हमलाकारीले आत्मघाती बम विस्फोट गराएर पुलिसको गाडीमा निशाना बनाएका थिए ।
पघमनका गभर्नर हाजी मोहम्मद मुसा खानका अनुसार हमलामा सय भन्दा बढी मानिस घाइते भएका छन् । गत साता सोमबार बिहान काबुलमै तालिबानले आत्मघाती विस्फोट गराउँदै १३ जना नेपालीसहित १४ जनाले ज्यान गुमाएका थिए ।







0 comments:
Post a Comment