फिल्मीबजार,१६ असार २०७३,काठमाण्डौ । चलचित्र ‘चपलि हाईट २’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर रिलीज गरिएको हो ।चलचित्रमा आयुष्मान देशराज, मरिष्का श्रेष्ठ, परमिता राना मुख्य भूमीकामा देखिएका छन् । दिपेन्द्र के खनाल निर्देशित चलचित्रलाई अर्जुनकुमारले निर्माण गरेका हुन् । ट्रेलर सार्बजनिक कार्यक्रममा बोल्दै निर्देशक खनालले आफुले चलचित्र राम्रो बनाउन निकै मेहनत गरेको बताए । यस्तै चलचित्रका एक मुख्य पात्र आयुष्मानको कामलाई दर्शकले मन पराउने निर्देशक दिपेन्द्रको भनाई छ । बर्ष २०७३ को प्रतिच्छित चलचित्र ‘चपलि हाईट २’ भदौ ३ मा रिलीजमा आउने छ ।






0 comments:
Post a Comment