Thursday, June 30, 2016

‘चपलि हाईट २’, रोमान्सले भरिएको ट्रेलर ( भिडीयो )


फिल्मीबजार,१६ असार २०७३,काठमाण्डौ । चलचित्र  ‘चपलि हाईट २’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर रिलीज गरिएको हो ।चलचित्रमा आयुष्मान देशराज, मरिष्का श्रेष्ठ, परमिता राना मुख्य भूमीकामा देखिएका छन्  ।  दिपेन्द्र के खनाल निर्देशित चलचित्रलाई अर्जुनकुमारले निर्माण गरेका हुन् । ट्रेलर सार्बजनिक कार्यक्रममा बोल्दै निर्देशक खनालले आफुले चलचित्र राम्रो बनाउन निकै मेहनत गरेको बताए । यस्तै चलचित्रका एक मुख्य पात्र आयुष्मानको कामलाई दर्शकले मन पराउने निर्देशक दिपेन्द्रको भनाई छ । बर्ष २०७३ को प्रतिच्छित चलचित्र  ‘चपलि हाईट २’ भदौ ३ मा रिलीजमा आउने छ ।

काबुलमा फेरि आक्रमण, कम्तिमा ४० जना मारिए


काबुल: अफगानिस्तानको राजधानी काबुलमा बिहीबार दिउँसो भएको शक्तिशाली आत्मघाती आक्रमणमा कम्तिमा ४० जना प्रहरी मारिएका छन् ।

शुरुवाती खबरका अनुसार राजधानी काबुलमा अफगान पुलिसको गाडीमा आत्मघाती आक्रमण भएको हो । अफगान अधिकारीलाई उधृत गर्दै आएको समाचार अनुसार तालिबानले यो आक्रमणको जिम्मेवारी लिएको छ । अधिकारीहरुका अनुसार काबुलको काला ए हैदर खान गाउँमा एक कम्पनीको एरियामा तालिबानले आत्मघाती आक्रमण गरेका हुन् ।

यो गाडीमा हालै मात्र तालिम सकेका पुलिसका अधिकृत सवार थिए । उनीहरु बरदाकबाट काबुल गइरहेका बेला आक्रमण भएको हो । दुईजना हमलाकारीले आत्मघाती बम विस्फोट गराएर पुलिसको गाडीमा निशाना बनाएका थिए ।

पघमनका गभर्नर हाजी मोहम्मद मुसा खानका अनुसार हमलामा सय भन्दा बढी मानिस घाइते भएका छन् । गत साता सोमबार बिहान काबुलमै तालिबानले आत्मघाती विस्फोट गराउँदै १३ जना नेपालीसहित १४ जनाले ज्यान गुमाएका थिए ।

कुहिएको चामल बेच्न पाउनु पर्ने भन्दै बजार बन्द

धरान /  इटहरीको गोयल एग्रो प्रालिबाट उत्पादित २५ केजी तौलको गोयल जिरा मसिनो चामल कुहिएको फेला परेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने गरी खुलेआम कम्पनीले चालम बिक्री गर्ने गरेको छ ।
२५ केजीमा झण्डै ३ केजी भन्दा बढी कुहिएको फेला परे पनि कम्पनीले आफ्नो कमजोरी स्वीकार गर्न चाहेन् । उल्टो होलसेलरको कमजोरी हुन सक्ने भन्दै पन्छिने प्रयास गरेको छ । कुहिएको चामल भेटिएपछि उपभोक्ता एवं पत्रकार सन्तोष काफ्लेले सम्बन्धित निकायहरुलाई जानकारी गराउँदै परीक्षणको लागि पहल थालेका थिए । तर, केही व्यापारीहरुले एकोहोरो सानो विषयलाई लिएर ‘प्रहरी प्रशासन बोलाएको’ भन्दै व्यापक रुपमा कम्पनी र पसलेको सपोर्टमा उल्टो पत्रकारमाथि नै हातपातको प्रयास गरेका थिए । प्रहरी मुचुल्का उठाउने क्रममा व्यापारीहरुले तिब्र विरोधसमेत गरेका थिए । त्यही क्रममा प्रहरी अघिल्तिरै पत्रकार काफ्लेमाथि हातपातको प्रयाससमेत भएको पत्रकार काफ्लेले बताए ।
उनले धरान(४ स्थित भवानी श्री ट्रेडर्सबाट चारदिन अघि मात्रै खरिद गरेर लगेका थिए । तर, आजै (बुधबार) खोल्ने क्रममा गन्हाएपछि हेर्दा झण्डै ३ केजी चामल फेला परेको थियो । उक्त परिणाम मुचुल्का उठाउने क्रममा प्रहरीले चेकँजाच गर्दाको हो । होलसेलर राजकुमार अग्रहरीले कम्पनीबाट १५(२० दिन अघि मात्रै आफ्नो पसलमा चामल आएकाले आफ्नो कमजोरी नभई फ्याक्ट्रीको कमजोरी रहेको बताए । ‘मैले १५(२० दिन अघि मात्रै ल्याएर राखेको थिएँ । मेरोबाट यस्तो हुन सक्दैन् । उतैबाट आउने क्रममा पानीहरु भिजेको कारणले यस्तो भएको हुन सक्छ ।’ उनले भने ‘मैले यहाँ ल्याएर खोलेर हेर्ने कुरा भएन् ।’ गोयल एग्रोका सञ्चालक राजेश गोयलले भने आफ्नो कम्पनीबाट यस्तो हुँदै नभएको भन्दै ठाडो होलसेलरको कमजोरी भएको हुन सक्ने दाबी गरे । तर, उनको दाबीलाई चालममा राखिएको ब्याच नम्बर र उत्पादन मितिले नै प्रष्ट पार्दथ्यो । मे २०१६ मा चामलको उत्पादित मिति रहेको छ ।
कम्पनीका सञ्चालक गोयलले कम्पनीको कमजोरी हुँदै नभएको भन्दै उल्टो त्यहाँ उपस्थित व्यापारी, ग्राहकहरुलाई उचाल्ने प्रयास गरेका थिए । त्यस क्रममा सुनसरी उद्योग बाणिज्य संघका उद्योग सचिव महेन्द्र प्रधानसमेत पुगेका थिए । तर, उनले उल्टो बचाउँको सट्टा व्यापारीहरुलाई उचाल्ने कार्य गरेको पत्रकार काफ्लेको आरोप छ । पत्रकार काफ्लेले प्रधानको नेतृत्वमा हातपात भएकोसमेत अरोप लगाएका छन् । तर, पत्रकार काफ्लेको आरोपमा कुनै सत्यता नभएको प्रधानले बताए । ‘मैले उल्टो बचाउने प्रयास गरेको थिएँ । कसरी मैले नै हातपात गर्न लगाए ।’ उनले भने ।
यता पत्रकारले प्रहरी ल्याएर मुचुल्का उठाएर व्यापारीहरुलाई हैरानी दिएको भन्दै एक्कासी बजार बन्दको प्रयास गरेका छन् । तर, व्यापारीहरुको संस्था सुनसरी उद्योग बाणिज्य संघले भने कुनै आधिकारिक निर्णय नगरेको बताएको छ । सुनसरी उवासंघका अध्यक्ष राजेन्द्र साहले संस्थाको कुनै आधिकारिक निर्णय नभएको बताए । ‘बजार बन्द गर्ने कुनै निर्णय भएको थिएन् ।’ उनले फोनसम्पर्कमा भने ।
उवा संघकै केही सदस्यहरु सम्मिलित गराएर बजार नै बन्द गराउनको लागि माइकिङसमेत गरेका थिए । माइकिङमा पत्रकारहरुमाथि नै लाल्छना लगाउने किसिमले बजार बन्दको होहल्ला गरेका थिए । जसका कारण केही समयसम्म चामल पसलहरु बन्द गराएका थिए । कुहिएको चामल बेच्न पाउनु पर्ने भन्दै उनीहरुले बन्द गरेका थिए । यसको चौतर्फी रुपमा आलोचनासमेत भएको थियो । उवासंघकै सदस्य तथा अन्य व्यापारीहरुलेसमेत यसको खुलेर विरोध गरेका थिए ।
यस्तो बन्दलाई उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईले यो व्यापारीहरुको अराजकता भन्दा अर्को केही नभएको बताएका छन् । उनले कुहिएको चामल परीक्षणपश्चात पुष्टी भएमा सम्बन्धित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाहीको दायरामा ल्याउने बताए ।
खाद्य प्रविधिक तथा गुण नियन्त्रण विभागका पूर्वाञ्चल क्षेत्रीय प्रमुख प्रमोद कोइरालाले प्रहरीले उठाएको मुचुल्काहरु तत्कालै विराटनगरल्याएर ल्यावमा परीक्षण गरिने बताए । उनले यदी उद्योगको फल्स देखिएमा कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
पत्रकार काफ्लेले दिए किटानी जाहेरी
पत्रकार काफ्लेले हातपाईको प्रयास भएपछि उद्योग सचिव प्रधानसहित ५ जनाको नाममा किटानी जाहेरी प्रहरीमा दिएका छन् ।
इलाका प्रहरी कार्यालय धरानमा पुगेर पत्रकार काफ्लेले प्रधानसहित पाँचजनाको नाममा उजुरी दिएका हुन् । उजुरीपछि पत्रकार काफ्लेलाई बारम्बार उवा संघका पदाधिकारीहरुले भेटघाट गर्ने, घटनालाई मिलाउने प्रयासमा फोन गर्नेलगायतका काम गरेका थिए । त्यस क्रममा प्रधानलेसमेत पत्रकार काफ्लेलाई फोन गरेर घटना मिलाउनको लागि बारम्बार आग्रह गरेको पत्रकार काफ्लेले बताए । यता उवासंघमा छलफल बसेर घटनालाई मिलाउने भन्ने छलफलको निश्कर्ष भएको एक सदस्यले जानकारी दिए । किटानी जाहेरीपछि इप्रका धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले कुहिएको चामलको विषयलाई लिएर ज जस्ले पत्रकारमाथि हातपातको प्रयास गरेका छन् उनीहरुलाई कारबाहीको दायरामा ल्याउने बताए । उनले मुचुल्का उठाएको चालम सम्बन्धित विभागलाई पठाउनेसमेत उनले बताए ।
कानुनमा के छ ?
खाद्य ऐन २०२३ दफा ८ (२) ख को १ मा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पहिलो पटक रु.१,०००। देखि रु.२,०००।(सम्म जरिवाना र दोस्रो पटक देखि प्रत्येक पटक रु. २,०००।( देखि रु. ५,०००।( सम्म जरिवाना वा ६ महीनादेखि १ वर्ष सम्म कैद वा दुबै सजाय हुन सक्नेछ । कुनै फर्म वा संगठीत संस्थाले यो ऐन वा यस ऐन अन्तर्गतको नियम वा आदेश उल्लंघन गरेमा फर्मको हकमा सो फर्मका हिस्सेदार र कुनै संगठित संस्था भए सो संस्थाको कामकाज गर्ने मुख्य प्रशासकीय अधिकारीलाई पनि माथिको जरिवाना तथा सजायको व्यवस्था रहेको छ । तर, अहिलेको खाद्य अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुले खाद्य ऐनको संसोधनमा भने २० गुणा वृद्धि गर्न सुझाव दिइरहेका छन् ।
क्षतिपूर्तिमा यो छ
कुनै दूषित खाद्य पदार्थ खानाले कुनै व्यक्तिको मृत्यू हुने सम्भावना भएमा वा मृत्यू भएमा वा शरीरलाई अपूरणीय क्षती भएमा वा हुने सम्भावना भएमा त्यस्तो दुषित खाद्य पदार्थ उत्पादन वा बिक्री वितरण गर्ने व्यक्तिलाई रु. १०,०००।( देखि रु. २५,०००।( सम्म जरिवाना र ३ वर्षसम्म कैद हुन सक्नेछ र निजले सो दूषित खाद्य पदार्थबाट प्रभावित व्यक्ति वा निजको हकदारलाई रु. २५,०००।( देखि रु.१,००,०००।( सम्म क्षतिपूर्ति दिनु पर्नेछ ।
घट्नाको भत्र्सना
पत्रकार काफ्लेमाथि हातपात भएको विषयलाई लिएर नेपाल पत्रकार महासंघ सुनसरी शाखा, प्रेस चौतारी नेपाल सुनसरी र धरान नगर, खेलकुद पत्रकार मञ्च सुनसरी शाखाले विज्ञप्ति जारी गर्दै घटनाको खेद व्यक्त गरेको छ । प्रेस चौतारीका केन्द्रीय प्रतिनीधि तथा पत्रकार महासंघका साधारण सदस्य समेत रहेका काफ्लेमाथि हातपात गर्नेलाई कारवाहीकोमाग गरिएको छ ।
उपभोक्ताको स्वास्थ्यमा गम्भिर खेलवाड गर्ने चामल उद्योगको विषयमा कुरा उठाउँदा उल्टो व्यापारीहरुले हातपाई गर्ने प्रयासलाई पत्रकारहरुको संस्थाले त्यस्ता व्यापारी, व्यवसायीहरुमाथि कारबाही हुनु पर्ने माग गरेको छ । उपभोक्ताको स्वास्थ्यको विषयमा गम्भिर हुनु पर्नेमा उल्टो व्यापारीहरुले प्रोपोगाण्डा बनाएर पत्रकारलाई आक्रमण गर्ने प्रयास निन्दनीय भएको बताएका छन् ।
- See more at: http://blastkhabar.com/news/2016/06/29/4869.html#sthash.8Y6C0v2p.dpuf

Wednesday, June 29, 2016

‘मेसी, प्रेमिकाभन्दा तिमीलाई धेरै माया गर्छु’

कोपा अमेरिकामा चिलीसँग पराजय भएपछि  अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अर्जेन्टिनी स्टार लियोनल मेसीलाई सन्यास नलिन उनका समर्थकले आग्रह गरिरहेका छन्। 
 
कोपा अमेरिका खेलेर अर्जेन्टिना फर्केको टोलीलाई स्वागत गर्न भारी वर्षाकाबीच समर्थक  विमानस्थलमा पुगेका थिए र ती सबैको एउटै आग्रह थियो– मेसी सन्यास फिर्ता लेऊ। 
 
उनीहरुले बिभिन्न प्लेकार्ड र मेसीको जर्सी देखाएका थिए। ती मध्ये दुई बोकेको प्लेकार्डमा लेखिएको थियो– सन्यास नलेऊ मेसी, म आफ्नी प्रेमिकाभन्दा तिमीलाई धेरै माया गर्छु।
 
अर्जेन्टिनाका पूर्व खेलाडी म्यारोडोनासहित  त्यहाँका राष्ट्रपतिले पनि मेसीलाई सन्यास फिर्ता लिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमा रहेका  मेसीका फ्यानले पनि उनलाई सन्यास फिर्ता लिन आग्रह गरिरहेका छन्। मेसीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।




धान दिवसमा किसानले सम्झने यी दुई कृषि मन्त्री

काठमाडौं– आज धान दिवस । किसानसँग जोडिएको दिन । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ । जव असार १५ आउँछ, तव किसानका मन्त्री पनि चर्चामा आउँछन् । विगत एक बर्षमा देशले दुई कृषि मन्त्री पायो ।

आज ती दुवै कृषि मन्त्री चर्चामा छन् । हरेक खेतमा ती मन्त्रीको चर्चा भैरहेको छ । विगतका कृषि मन्त्री यी दुई मन्त्रीका अगाडि फिका छन् । चर्चा नहोस् पनि कसरी ? गत बर्ष धान दिवस मनाउँदा कृषि मन्त्री थिए एमाले नेता हरि पराजुली । उनी धान दिवस मनाउँदा गत बर्ष यसरी विवादमा तानिएकी जसले उनको पद नै धरापमा पर्यो । जहाँ धान रोप्न गएका थिए उनी, त्यहाँ मन्त्री पराजुलीले स्थानीय महिलासँग अंकमाल गर्न पुगे । चौतर्फी आलोचना भयो । सामाजिक संजालमा उनको धज्जी उडायो । र अन्ततमा उनलाई राजीनामा गर्न लगाइयो । पराजुली आफैले पनि गल्ती स्वीकार गरे । पत्रिका र अनलाइनमा छापिएका तस्वीर भाइरल बने । मन्त्री पराजुलीका हर्कत जनताले भूल्न पाएका थिएनन् । केपी ओली नेतृत्वको सरकारका कृषि मन्त्री हरिवोल गजुरेल पनि किसानले नभुल्ने गरि रोए ।

 उनी राहदानी फिल्म हेर्न फिल्म हल पुगेका थिए । जव फिल्म हेरेर उनी बाहिरिए मिडियाले प्रतिक्रिया जान्न खोज्यो । मन्त्री भक्कानिएर रोए । उनको यो रुवाई पनि सामाजिक संजालमा गजवको मजाक बन्यो । तर, हरि पराजुली जस्तो उनको पद धरापमा चाहिँ परेन । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । यही कारण कृषि मन्त्री चासोमा रहेका हुन्छन् । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । तर, हरि पुराजुलीले गरेको रमाइलो चाहिँ उनका लागि निकै महंगो पर्यो । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूरा खाँदै आज हरि पराजुली र हरिबोल गजुरेलको चर्चा नगर्ने कोही हुने छैनन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ ।

 दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । यसमा थप रंग थपेका छन्, हरि पराजुली र हरिबोल गजुरेलले ।

Tuesday, June 28, 2016

उत्तर कोरियाबाट भागेकी युवतीको दर्दनाक कथा , सायद तपाईको आखा रसाउछन (भिडियो सहित )

काठमाडौं -उत्तर कोरियामा किम जोङ उनको शासन छ। समय-समयमा उच्च पदस्थ कर्मचारीलाई स-साना बहानामा मृत्युदण्ड दिएको खबर आइरहने यो देश आफ्ना नागरिकको लागि पनि क्रुर रहेको युट्युबमा अहिले भाइरल बनेको केही वर्ष अघिको यो भिडियोले पनि दर्शाउँछ।
विश्वकै रहस्यमय देश मानिने उत्तर कोरियाकी २५ वर्षिया योनमी पार्कले त्यहाँको तानाशाही शासनको बारेमा भिडियोमा रुदैँ बताएकी छिन्।

उत्तर किरियाबाट कसैगरि भागेकी योनमी अहिले पनि डराएकी भिडियोमा प्रष्टै देखिन्छ। भागेर चीन जाँदै गर्दा योनमीको पिताको मृत्यु भयो। समातिने डरले बिहान तीन बजे पिताको शवलाई उनले गोप्य रुपमा गाडिन। भाग्ने क्रममा उनले आमाको बलात्कार भएको देख्नु पर्यो। योनमी भन्छिन्, ‘कोरियामा एउटा भनाइ छ, महिला कमजोर हुन्छन्, तर आमा बलिया हुन्छन्। मलाई बचाउन आमा बलात्कृत हुनुपर्यो।’

‘उत्तर कोरियामा एउटा मात्र टिभी च्यानल छ, इन्टरनेट छैन। हामी गित गाउन स्वतन्त्र छैनौ, बोल्न, लगाउन अथवा सोच्न समेत आफुखुसी पाइदैन।’ उनी भन्छिन्, ‘उत्तर कोरिया विश्वको एकमात्र त्यस्तो देश हो जहाँ अनाधिकृत अन्तराष्ट्रिय फोन गर्दा मृत्युदण्ड दिइन्छ।’

योनमीले पुरुष र महिला बिच कुनै प्रेम कहानी देखेकी छैनन्। उनी भन्छिन्, ‘किताब, गित, प्रेस, प्रेमको बारेमा कुनै फिल्म छैन। त्यहाँ कुनै रोमियो छैन, जुलियट छैन। प्रत्येक कथा प्रोपोगाण्डा थियो, किमका शासकहरुको बढावाको लागि।’
योनमी सन् १९९३ मा जन्मेकी थिएन्, स्वतन्त्रता र मानव अधिकार शब्द बुझ्नु पूर्वनै योनमीलाई उठाइयो। उनी भन्छिन्, ‘उत्तर कोरियालीहरु यो समय स्वतन्त्रताको खोजीका लागि मर्दैछन्।

उनी रुदैँ भन्छिन्, ‘जब म ९ वर्षकी थिए, मैले मेरा साथीहरु र आमालाई सार्वजनिक रुपमै हत्या भएको देखे, हलिउडको फिल्म हेर्नु मेरो आमाको लागि अपराध बन्यो।’

योनमीको अनुसार उत्तर कोरियामा शासकको विरुद्ध शंका गर्दा तीन पुस्तासम्म जेलको सजाय दिइन्छ वा मारिन्छ।

चरा र मुसाले समेत नसुनोस्, उनी भन्छिन्, ‘जब म चार वर्षको थिएँ मेरो आमाले स्वासको आवाजपनि ननिकाल्न सावधान गर्नु भएको थियो। म सोच्थे उत्तर कोरियाका तानाशाहले मेरो दिमाग पढ्न सक्थे।’

उत्तर कोरियाका ७० प्रतिशत महिला तथा युवती शिकार बनाइन्छ, कहिले त २०० डलरमै बेचिन्छ। भाग्दाको अनुभव सुनाउँदै उनी भन्छिन्, कम्पास हेर्दै गोबी मरुभुमी (चीन)मा हिड्थ्यौँ, जब कम्पासले काम गर्न छाड्थ्यो हामी स्वतन्त्रताको लागि तारा पछ्याउँथ्यौँ।’

उत्तर कोरिया फर्कनुपर्ने भएमा चक्कु लिएर हामी आफुलाई नै मार्न तयार थियौँ, उनी भन्छिन्, ‘हामी मानव भएर जिउन चाहन्छौँ।’

Monday, June 27, 2016

सलमान खानको ‘रेप पिडीत’वाला प्रतिकृया महंगीदैै,एक पिडीत महीलाले मागिन् १० करोड क्षतिपुर्ति


अभिनेता सलमान खानले फिल्म सुल्तानको प्रोमोशनको दौरानमा दिएको पिडीत महिलाको जस्तो महसुस बयान अहिले महंगोमा साबीत भएको छ । यसै बयानलाइ लिएर हरियाणा हिसारको एक ग्याङ रेप्ड पिडीतले अभिनेता सलमान सँग १० कारोड भारुको क्षतीपुर्ति माग गरेकी छिन् । पिडीतले पञ्जाब र हरियाणा हाईकोर्टको माध्यम बाट सलमान खानलाइ नोटिस पठाएकी हुन् ।

 पिडीतले भनेकी छिन्, यस सार्वजनीक टिप्पणीले उनको ईज्जतमा धुमिल गराएको छ । त्यस्तै उजुरी दर्ता गर्नेले पनि बताएका छन्,“अभिनेता सलमानको बयानले उनलाइ गहीरो चोट लागेको छ । उनि अहिले पनि मानशीक र शाररीक अघात बाट गुज्रिरहेकीछिन् ।” पिडीतको वकिलका अनुसार पठाएको नोटिश सलमानले प्राप्त गरेको १५ दिन भित्र १० कारोड क्षतिपुर्ती बुझाई सक्नु पर्ने बताएका छन् ।

सलमानले १५ दिन भित्र उक्त तोकीएको क्षतीपुर्ती नबुझाएमा उनलाइ सिभिल र अपराधिक कानुन उलङघन गर्नेमा उजुरी दर्ता गरीने बताएका छन् । नाबालीका उक्त दलित केटि सँग ८ जना केटाहरुले ग्याङ्ग रेप गरेका थिए । यसै घटनाका कारण उनको बुबाले २०१२ सेप्टेम्बरको १८ तारीखमा आत्महत्या पनि गरेका थिए । अभिनेता सलमानले एक ईन्टरभ्युमा भनेका थिए की फिल्म सुल्तानको कुस्ती वाला दृश्यको सुटिङमा यत्ति धेरै थकाई लाग्थ्योकी मैलै ‘रेप पिडीत’को जस्तो महसुस गर्थे । यो निकै गाह्रो थियो । मैले कदम नै अगाडी बढाउन सक्दिनथेँ ।