Friday, June 24, 2016

सुनको भाउ फेरी ह्वात्तै बढ्यो


काठमाडौँ-नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो। बिहीबार प्रतितोला रु ५६ हजारमा कारोबार भएको सुनको मूल्य आज रु ५९ हजार कायम भई कारोबार भएको महासङ्घले जनाएको छ।
चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। बिहीबार प्रतितोला रु ७९५ मूल्य कायम भएको चाँदी आज रु २५ ले वृद्धि भएको छ। रासस

0 comments:

Post a Comment