Thursday, June 23, 2016

प्रधानमन्त्री ओलीले आज कांग्रेसलाई संसदबाटै जवाफ दिने


काठमाडौ । भूकम्प पिडितलाई दिने राहात र पुनःनिर्माणका विषयमा आज सरकारले संसदमा जवाफ दिने भएको छ ।
एकमुष्ट दुई लाख दिनुपर्ने सहितका पाँच बुँदे माग राख्दै प्रमुख प्रतिप्रक्षि दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद अबरुद्ध पारेपछि सरकारले जवाफ दिन लागेको हो ।
आज नै सरकारले जवाफ दिने तयारी गरेपनि कांग्रेसले हिजो नै संसद अवरुद्ध पारेको थियो ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले उठाएका मागका विषयमा संसदमा जवाफ दिनेछन । कानुन मन्त्री अग्नि खरेलले कांग्रेसको मागबारे आज जवाफ दिने तर कांग्रेसले लगाएको आरोपमा सत्यता नभएको बताए ।
संसद बैठक आज बिहान ११ बजे बोलाइएको छ । बैठकमा चित्तबुझ्दो जवाफ नआए आजपनि संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ । बैठकमा विभिन्न मन्त्रालयगत शीर्षकको विनियोजन विधेयमका विषयमा पनि छलफल हुनेछ ।

0 comments:

Post a Comment