Friday, June 24, 2016

लिगंको आकार सानो भएर तनावमा हनुहुन्छ ? यसरी बन्छ ठूलो



एजेन्सी । आफ्नो लिगंको अकार सानो भएर चिन्ता लिने पुरुषको संख्या पनि कम छैन । एक अध्ययनअनुसार १५ हजार चार सय १४ जनाले शल्यक्रिया गरी आफ्नो लिंगको आकार बढाएको देखिएको छ।

 इन्टरनेसनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीले सार्वजनिक गरेको रिपोर्ट अनुसार सर्जरी गरेर लिंग बढाउने मामिलामा जर्मन पुरुषहरु सबैभन्दा अगाडि देखिएको छ । रिपोर्ट अनुसार गत वर्ष जर्मनीमा दुई हजार सात सय ८६ जना पुरुषले शल्यक्रिया गरी आफ्नो छोटो लिंगलाई लामो बनाएका छन् । यो विश्वमा भएका लिंग लामो पार्ने शल्यक्रिया मध्ये १८ प्रतिशत जति हुन जान्छ ।

 लिंगो लामो पार्ने शल्यक्रिया गर्ने पुरुषमा दोश्रो स्थानमा भेनेजुयला रहेको छ । सन् भेनेजुयलाका चार सय ४७ जना पुरुषले सर्जरी गरेर आफ्नो लिंग लम्बाएका छन् । तेश्रो स्थानमा रहेको स्पेनका चार सय ७१ जनाले लिंग लम्बाएका छन् । त्यस्तै मेक्सिकोमा दुई सय ९५ जना, कोलम्बियामा दुई सय ६६ जना, इटालीका दुई सय ५६ जना तथा ब्राजिलका दुई सय १९ जनाले लिंग लम्बाउने शल्यक्रिया गराएका थिए ।

 सबै प्रकारका सर्जरी गर्ने सवालमा अमेरिकीहरु पहिलो स्थानमा रहेको भएपनि लिंग लम्बाउने सर्जरीमा भने अमेरिकी पुरुषहरु कम रहेको देखिएको छ । ६१ जना अमेरिकी पुरुषले मात्र आफ्नो लिंग लामो पार्न सर्जरी गरेको द,ेखिएको छ ।

 अर्जेन्टिनाका ७३ र इरानका १२ जना पुरुषले पनि लिंग लम्बाउने शल्यक्रिया गरेको पाइएको छ । जर्मनीको युरोलोजी तथा प्लास्टिक सर्जरी केन्द्रले यस्तो खालको सर्जरीका लागि सात हजार ६ सय पाउण्ड रकम खर्च लाग्ने गर्दछ ।

0 comments:

Post a Comment