Tuesday, June 21, 2016

बलात्कृत महिलाबारे सलमानको टिप्पणीले विवादको घेरामा सलमान


मुम्बई – आफूले दिएको एक बयानका कारण सलमान खान नयाँ विवादमा फँसेका छन् ।

आफ्नो आगामी चलचित्र ‘सुल्तान’को बारे दिएको एक अन्तरवर्तामा बालत्कृत महिलासँग सुटिङको दुःखसँग तुलना गरेपछि आलोचनाको शिकार बनेका हुन् । सामाजिक सञ्जालमा यसको ब्यापक विरोध भइरहेको छ । विरोधपछि सलमानका पिताले माफीसमेत माग्नु परेको छ । सोमबार मुम्बईमा दिइएको अन्तरवार्तामा उनले सो कुरा बताएका थिए ।

‘सुटिङको दौरान ६ घण्टासम्म कडा मिहिनेत गर्नुपथ्र्यो । त्यो मेरो लागि निकै गाह्रो थियो । मैले १२० किलोको पहलवानलाई १० वटा विभिन्न कोणबाट उठाउनुपथ्र्यो । कति पटक उनीहरुलाई जमिनमा लडाउनुपथ्र्यो । रिंगमा यस्तो कयौं पटक गर्नुपथ्र्यो । सट दिएपछि जब म मैदानबाहिर आउँथे ।

 म आफूलाई बालात्कृत महिलाजस्तो महसुस गर्थे । म सिधा पनि हिँड्न सक्दिनथे ।’ सलमानको यस बयानपछि उनको फ्यानहरुले समेत आक्रोशित बनेका छन् । यद्यपि, अहिले भने सलमानले उक्त बयानपछि लगत्तै माफी पनि मागेको भन्दै अडियो सार्वजनिक गरिएको छ । यद्यपि, उनको आलोचनामा कुनै कमी आएको छैन ।

0 comments:

Post a Comment